११ चैत २०८२, आइतवार

भर्खरै

विदेश पठाइदिने भन्दै ६ सयभन्दा बढी व्यक्तिबाट करोडौँ ठगेर गाडी र शेयर किन्ने पक्राउ

राम्रो पोष्ट १८ माघ २०८०, बिहिवार
विदेश पठाइदिने भन्दै ६ सयभन्दा बढी व्यक्तिबाट करोडौँ ठगेर गाडी र शेयर किन्ने पक्राउ

काठमाडौं । माल्टा, पोल्याण्ड, क्रोसिया, क्यानडालगायत विभिन्न देशमा पठाइदिने भन्दै करोडौँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन्।
६ सयभन्दा बढी व्यक्तिबाट करोडौँ रुपैयाँ लिएर ठगी गरेको आरोपमा विकास वाइवा भन्ने सुजन तामाङ पक्राउ परेका हुन्।
उनले बालाजुमा युरो वीङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेर ठगी गर्ने गरको खुल्न आएको छ।
विकाश वाइवाको नक्कली परिचय पत्र बनाएर उनी ठगीमा संलग्न भएको प्रहरीको दावी छ। उनले एक जनाबाट ५० हजारदेखि ५ लाखसम्म ठगी गरेका थिए।
बुधबार पक्राउ परेका उनलाई बिहीबार सार्वजनिक गर्दै प्रहरीले आरोपित तामाङले ठगीको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ती मेनपावर वसुन्धरामा ५० लाख बराबरको सेयर किनेको र ३५ लाखमा हुण्डाईको क्रेटा गाडी खरिद गरेको पाइएको प्रहरीले जनाएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट