११ चैत २०८२, आइतवार

भर्खरै

किमको नयाँ चुनौतीः अमेरिकालाई टार्गेट गर्ने मिसाइलको संकेत

राम्रो पोष्ट १५ चैत २०८२, आइतवार
किमको नयाँ चुनौतीः अमेरिकालाई टार्गेट गर्ने मिसाइलको संकेत

उत्तर कोरियाले अमेरिकाको मुख्यभूमिलाई लक्षित गर्न सक्ने मिसाइलका लागि इन्जिन परीक्षण गरेको छ।
कोरियाली केन्द्रीय समाचार एजेन्सी (प्ऋल्ब्) का अनुसार, आइतबार उत्तर कोरियाली नेता किम जोङ उनले उच्च थ्रस्ट भएको ठोस इन्धन (कयष्मि–ागभ)ि इन्जिनको परीक्षण अवलोकन गरेका छन्। यसलाई देशको रणनीतिक सैन्य क्षमता सुदृढ गर्ने दिशामा महत्वपूर्ण उपलब्धि मानिएको छ।
यो इन्जिन करिब २,५०० किलो न्यूटन थ्रस्ट क्षमता भएको बताइएको छ, जुन अमेरिकाको मुख्यभूमिसम्म पुग्न सक्ने मिसाइल विकास गर्ने उत्तर कोरियाको प्रयासको हिस्सा हो।
यसअघि उत्तर कोरियाको संसदमा सम्बोधन गर्दै किमले आफ्नो देशलाई परमाणु शक्तिको रूपमा अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले अमेरिकामाथि “विश्वव्यापी राज्य आतंकवाद र आक्रमण” गरेको आरोप समेत लगाएका थिए, जसले सम्भवतः मध्यपूर्वमा भइरहेको द्वन्द्वतर्फ संकेत गरेको मानिन्छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट