७ माघ २०८२, मङ्गलवार

भर्खरै

सोनाम ल्होछार–२०८२ः दोलखाको चरिकोटमा कलाकार र संस्कृतिको संगम

राम्रो पोष्ट २७ पुष २०८२, आइतवार
सोनाम ल्होछार–२०८२ः दोलखाको चरिकोटमा कलाकार र संस्कृतिको संगम

दोलखा — मञ्जुश्री संवत् २८६२ तथा राष्ट्रिय पर्व ता–ल्हो (सोनाम ल्होछार)–२०८२ को अवसरमा तामाङ समुदायको मौलिक संस्कृति, भाषा र पहिचानलाई उजागर गर्ने उद्देश्यसहित “सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम–२०८२” आयोजना हुने भएको छ।

चरिघ्याङ गुम्बा व्यवस्थापन समितिको आयोजनामा तथा कुइराङ रुम्बा/दावा लामाको कार्यक्रम संयोजनमा हुन लागेको यो कार्यक्रम २०८२ साल माघ ३ गते, दोलखा जिल्लाको चरिघ्याङ (चरिकोट)–सातदोबाटोमा सम्पन्न हुने भएको हो।

कार्यक्रम बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा तामाङ समुदायका चर्चित तथा लोकप्रिय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। 

चर्चित गायक रोज मोक्तान,  अभिनेता आमिर दोङ, मोडेल याङ्गी दोङ, तथा सुबास मोक्तान, प्रतिक मोक्तान, सानु बाबु घिसिङ, मिन योञ्जन, र कोपिला वाइबाले आफ्नो सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनेछन्।

सोनाम ल्होछारको धार्मिक, सामाजिक र सांस्कृतिक महत्वलाई केन्द्रमा राखेर तयार पारिएको कार्यक्रममा परम्परागत नृत्य, तामाङ लोकगीत, भेषभूषा र सामूहिक सांस्कृतिक झाँकी मुख्य आकर्षण रहने आयोजकले जनाएको छ।

कार्यक्रम सञ्चालन छेडुप तामाङ र उषा तामाङले गर्नेछन्। साथै विभिन्न संघ–संस्था तथा व्यवसायिक प्रतिष्ठानहरूको सहयोगमा कार्यक्रमलाई अझ भव्य बनाइँदैछ।

आयोजक समितिले  दोलखामा रहनुभएका सम्पूर्ण तामाङ समुदाय तथा नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई सोनाम ल्होछारलाई सांस्कृतिक एकताको पर्वका रूपमा सफल बनाउन आग्रह गरेको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट