११ चैत २०८२, आइतवार

भर्खरै

अपाङ्गता भएकाहरुलाई अभिमुखिकरण तथा सहायक सामाग्री वितरण

राम्रो पोष्ट १ असार २०८०, शुक्रवार
अपाङ्गता भएकाहरुलाई अभिमुखिकरण तथा सहायक सामाग्री वितरण

चरिकोट । दोलखाको जिरी नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरुका लागि अभिमुखिकरण तथा सहाय सामाग्री वितरण गरिएको छ।
समुदायमा आधारित पुनर्स्थापना ब्यक्तिहरुका लागि सीप र क्षमता विकास सम्बन्धि सचेतना तथा अभिमुखिकरण कार्यक्रम अन्तर्गत जिविकोपार्जन र आर्थिक सशक्तीकरण सम्बन्धि सचेतना तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो।
अभिमुखिकरणका साथै आवश्यकताअनुसार वैसाखी, ट्वाइलेट चियर र लौरो लगाएतको सामग्री समेत वितरण गरिएको अपाङ्गग तथा दृष्टि विहिन समुदाय सेवा संघ दोलखाका सचिव मखन पाण्डेले जानकारी दिए।
जेठ २८ गते वडा नम्बर १ पुम्पाबाट सुरु भएको कार्यक्रम शुक्रबार वडा नम्बर -८ सम्म सम्पन्न भएको छ । वडा नम्बर - ९ को कार्यक्रम भने शनिबार तय गरिएको छ।
वडा नम्बर -८ को कार्यक्रमलाई सम्बोधन गर्दै अपांग तथा दृष्टि विहिन समुदाय सेवा संघ दोलखाका अध्यक्ष रामकृष्ण तामाङले अवसर र सीप प्रयोग गर्न सके अपांगता भएका ब्यक्तीहरु कुनै क्षेत्रमा पछि नपर्ने बताए।
"आफुमा सीप छ र आफुले केही गर्न सक्छु भन्ने आत्मबलका साथ समाजका हरेक गतिबिधीमा सरिक भई ब्यवसायिक रुपमा सिपको प्रयोग गर्नुपर्छ।" उनले भने"।
अभिमुखिकरण कार्यक्रममा हालसम्म करिब ५० जना भन्दा बढि व्यक्तिहरु सहभागी भएका छन्। साथै आवश्यकता अनुसार फिजियाेथेरापी सेवा समेत दिइएको अध्यक्ष तामाङले जानकारी दिए।
कार्यक्रम अपाङ्गग तथा दृष्टि विहिन समुदाय सेवा संघ दोलखाको आयोजना तथा जिरी नगरपालिकाको आर्थिक सहयोगमा भएको हो।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट