माथिल्लो तामाकोसीको १ करोड ७० लाख भन्दा बढि कित्ता सेयर लिलाम बिक्रीमा
राम्रो पोष्ट
१३ पुष २०८०, शुक्रवार
2293
Sharesदोलखा। स्वदेशी लगानीमा निर्मित देशकै ठूलो मथि तामाकोसी जलविद्युत आयोजनाकाे बिक्री नभएको सेयर लिलाम बिक्रीमा ल्याइएको छ। अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले १ करोड ७० लाख १९ हजार ५३० कित्ता हकप्रद सेयर लिलामी बिक्रीमा ल्याएकाे हो। दोलखामा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीले यसअघि बिक्री गरेको हकप्रद सेयरमा माग बमोजिमको सेयर बिक्री नभएपछि अवितरित सेयर लिलामीबाट विक्री खुल्ला गरेकाे हाे । कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो । सोहीअनुसार सर्वसाधारणतर्फ बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता हकप्रद सेयर लिलामीबाट निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । इच्छुक व्यक्ति तथा संघसंस्था लगानीकर्ताले २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धक नागरिक लगानी कोष, सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंक शाखा कार्यालयमा आवेदन दिन सकिने छ । प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ मूल्य नघट्ने गरी आवेदन बुझाउनुपर्ने बिक्री प्रवन्धकले जनाएको छ । न्यूनतम १०० कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । ५ लाख रुपैयाँभन्दा बढी रकमको आवेदन दिनेले भने प्यान नम्बर खुलाउनुपर्नेछ । बिक्री प्रवन्धकका अनुसार मूल्य बढाबढका आधारमा कम्पनीको सेयर बाँडफाँट हुनेछ । कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत र राष्ट्रिय बिमा संस्थानको २ प्रतिशत लगानीका संस्थापक रहेका छन् । यस्तै, सर्वसाधारणको १५ प्रतिशत, दोलखा जिल्लाबासीको १० प्रतिशत तथा २४ प्रतिशत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लगानी छ ।

राम्रो पोष्ट