September 3, 2026

भर्खरै

अनेसास जापानको ८४औँ नियमित साहित्य शृङ्खला सम्पन्न, सुष्मा ओमातालाई ‘दीर्घ साहित्य साधना सम्मान

राम्रो पोष्ट ८ भदौ २०८३, सोमवार
अनेसास जापानको ८४औँ नियमित साहित्य शृङ्खला सम्पन्न, सुष्मा ओमातालाई ‘दीर्घ साहित्य साधना सम्मान

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको ८४औँ नियमित साहित्य शृङ्खला सम्पन्न भएको छ।
अग्रज साहित्यकार सुष्मा शाह ओमाताको ८४औँ जन्मोत्सवको अवसर पारेर उक्त शृङ्खला उहाँप्रति समर्पित गरिएको थियो।
विशेष समारोहमा जापानी समाज तथा नेपाली समुदायका साथै नेपाली भाषा, साहित्य र सङ्गीतका क्षेत्रमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै अग्रज साहित्यकार सुष्मा शाह ओमातालाई ‘अनेसास जापान दीर्घ साहित्य साधना सम्मान २०८३’ प्रदान गरिएको छ।
कार्यक्रममा बोल्ने वक्ताहरूले ओमाताले नेपाली भाषा, साहित्य तथा सांस्कृतिक अभिवृद्धिमा पुर्‍याउनुभएको योगदानको प्रशंसा गरेका थिए।
सो अवसरमा उपस्थित स्रष्टाहरूले सुष्मा ओमाताप्रति समर्पित गर्दै आ–आफ्ना विविध साहित्यिक सिर्जनाहरू वाचन गरेका थिए। कार्यक्रमले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा उहाँको योगदानलाई सम्मानपूर्वक स्मरण गरेको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट