७ माघ २०८२, मङ्गलवार

भर्खरै

सगरमाथा आरोहण

कामीरिताको नयाँ कीर्तिमान : २८औं पटक सगरमाथा चुचुरोमा

राम्रो पोष्ट २९ जेठ २०८०, सोमवार
कामीरिताको नयाँ कीर्तिमान : २८औं पटक सगरमाथा चुचुरोमा

काठमाडौं । नेपाली हिमाल आरोही कामिरिता शेर्पा २८ औं पटक सगरमाथा आरोहण गरेका छन् । शेर्पाले मंगलबार सफलतापूर्वक सगरमाथा आरोहण गरेसँगै २८औं पटक सगरमाथा चुचुरोमा पुग्ने पहिलो व्यक्ति बनेका हुन् ।

सन् २०१९ मा एक हप्तामा दुई पटक २३औं र २४ औं पटक सगरमाथाको सफल आरोहण गर्न सफल कामीरिता शेर्पाले २०२३ मा पुनः एक हप्तामा दुई पटक २७ औं र २८ औ पटक सगरमाथाको चुचुरोमा पुगेका हुन् । गत बुधबार जेठ ३ गते २७औं पटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिता आज आज बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको २८औं पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चो ओयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, एक पटक केटु गरी ३९ पटक विश्वका अग्ला हिमालहरुको आरोहण गरिसकेका छन् ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट